add post
  • Terai Nepal
  • २०७७ असार २४ गते, बुधबार ०९:३० मा प्रकाशित

बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको मृत्यु

राजबिराज। सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको ज्यान गएको छ ।

सोमबार साँझ आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर स्थानीय हृदय नारायण चौधरीकी छोरी दश वर्षीया हिमानी कुमारी चौधरीको मृत्यु भएको हो ।

पिङको डोरी घाँटीमा बेरिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।