थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
काठमाडौं / नेपालमा आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



