थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्याे
काठमाडौं / नेपालमा आज ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये पुरुष १० हजार ५०६ जना र महिला १ हजार २४९ जना छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएकामध्ये १०७ जना महिला छन् भने ४८६ जना पुरुष संक्रमित छन् ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भएको छ भने २ हजार ६९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज मात्र ४८ जनाले काेराेना जितेर घर फर्किएका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



