add post
  • Terai Nepal
  • २०७७ असार १० गते, बुधबार १३:४४ मा प्रकाशित

सिडियोको सहि छाप गरि नक्कली पास बनाउने दुई युवा पक्राउ

लहान ,असार १० गते बुधबार ।
विशेष सूचनाको आधारमा सिरहाको लहान नगरपालिका वडा नम्बर – १ स्थितमा रहेको मेरो साईबर एणड ट्राभलस लहानमा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक शरत कुमार थापा श्रेत्रिको कमाणडमा खटिएको प्रहरी टोलिले उक्त स्थानमा गई खान तलासी गर्दा मेरो साईबर एन्ड ट्राभलस लहानको संचालक जिल्ला सिरहाको लहान नगरपालिका – ८ बस्ने बर्ष २० को बिजेन्द्र महतोले विभिन्न कार्यालयहरुको छाप,लेटर प्याट तथा जिल्ला प्रशासन सिरहाको प्रमुख जिल्ला अधिकारीको सहि छाप गरेको सादा पिनटको पास समेत किर्ते बनाइ बिक्री वितरण गरेको प्रहरीले जनाएको छ ।

मेरो साईबर एणड ट्राभलसमा प्रहरीले Dell को ल्यापटप थान -१ , बद्रशको प्रिनटर थान १ ,बद्रशको कलर प्रिनटर थान -१ र HP को पेनड्रईभ थान -१ समेत आवश्यक कानुन बमोजिम बरामद गरि निज संचालक बिजेन्द्र महतो र ऐ.ऐ.बस्ने बर्ष २२ को प्रमेशवर महतोलाई पक्राउ गरि आबश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय लहान (क) सिरहामा ल्याइएको ईलाका प्रहरी कार्यालय लहानको प्रहरी प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शरत कुमार थापा श्रेत्रिले जानकारी दिनु भयो ।