सर्लाहीबाट लेखा लेखापाल र अधिकृत घुससहित पक्राउ
काठमाडौं, १० असार। सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् ।
लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
घुस लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय भवनभित्रैबाट पक्राउ गरिएको र अनुसन्धान गरिरहेको कोइरालालले बताए ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४