add post
  • Terai Nepal
  • २०७७ असार ९ गते, मंगलवार २२:०८ मा प्रकाशित

सप्तरीमा ३ वर्षका बालक र गर्भवती आमा कोरोना जितेर घर फर्किए

राजविराज । सप्तरीको साइकृष्णा अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएकी सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ५ रामनगरकी निर्मलादेवी यादव र उनको तीन वर्षिया छोरी अंजली मंगलबार डिस्चार्ज भएर घर फर्किएकी छिन् ।

बलानविहुल गाउँपालिका स्वास्थ्य चौकीका संयोजक मो. नसिम राइनका अनुसार आमाछोरी एक महिनाअघि भारतको हरियाणबाट घर फर्केका थिए । उनलाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको तथा स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा पठाइएको बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रन्जित झाका अनुसार दुई पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।