थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्याे
काठमाडौं / नेपालमा आज ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ५६१ पुगेको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ भने २ हजार १४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा उपचार पछि ३७० जना निको भएका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



