add post
  • Terai Nepal
  • २०७६ चैत्र १९ गते, बुधबार १२:४९ मा प्रकाशित

श्रृष्टी र सौगातको ‘लभ लकडाउन’

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सक्छ ।

यतिबेला, विश्व नै लक डाउनमा छ । कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् । कलाकारहरुले लक डाउनको समयमा सार्वजनिक गरेका तस्वीरले पनि उनीहरुको दैनिकी कसरी वितिरहेको छ भन्ने थाहा हुन्छ ।

कोही आफ्नो श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् भने कोही किताब पढ्दै, चलचित्र हेर्दै बसेको देख्न सकिन्छ ।

नायिका श्रृष्टी श्रेष्ठले भने नायक सौगात मल्लसँगको एक तस्वीर शेयर गर्दै लक डाउनलाई ‘लभ लकडाउन’ भनेर उल्लेख गरेकी छिन् ।

सौगात र श्रृष्टी एकसाथ बसेपनि चलचित्रको कामका कारण धेरै समय बाहिर नै हुन्थे । तर, यसपटक भने उनीहरु एकसाथ समय बिताउन पाइरहेका छन् । यसैले, श्रृष्टीका लागि यो समय ‘लभ लकडाउन’ हुनु स्वभाविक नै हो ।