चलचित्र विकास बोर्डद्वारा अध्यक्ष पदमा आवेदन आह्वान
काठमाडौं । चलचित्र विकास बोर्डले अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै बोर्डले १५ दिन भित्र आवेदन आह्वान गरेको हो ।
आवेदन दिने व्यक्ति ३० वर्ष पूरा भइ ६५ वर्ष उमेर नकाटेको हुनु पर्ने विज्ञप्तीमा उल्लेख छ । बोर्डले अध्यक्ष पदका लागि कम्तीमा स्नातक गरेको र चलचित्र क्षेत्रमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ ।
लचित्र विकास बोर्डमा वर्तमान बोर्ड सदस्य दयाराम दाहाल, नायक भुवन केसी लगायतले अध्यक्ष पदमा जान चाहेका छन् ।
तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको मंसिर २९ गते निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
उच्च रक्तचाप र सुगरका विरामी भट्टराईको हृदयद्दघातका कारण नियुक्ति पाएको ९ महिनामा निधन भएको थियो ।
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि