कोरोना भाइरसबाट मुटु रोगीहरु कसरी जोगिने? (भिडिओ)
वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले कोरोना भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्ने बताएका छन्।
कोरोना भाइरसले ७० वर्षभन्दा बढीका उमेर भएकाहरुलाई बढी आक्रमण गरेको र त्यसमा पनि दीर्घ रोगीहरुको धेरै मृत्यु भएको डा. भट्टराईले बताएका छन्।
‘मुटुका रोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्छ किनकी कोरोना भाइरस संक्रमित मुटुका रोगीहरुको मृत्युदर १० प्रतिशत रहेको छ’, डा. भट्टराईले सेतोपाटीसँग भने,’यो रोग आफै नआउने भएकाले बाहिर नगइकन घरमै बस्ने र अरुसँग सम्पर्कमा नआउने हो भने जोगिन सकिन्छ, आत्तिनु पर्दैन।’
पछिल्लो समयमा मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण दर घट्दै गएकाले डा भट्टराईले जति धेरै अनुशासित भएर घरमा बस्यो त्यति नै यसको खतरा कम हुने बताए।
कोरोना भाइरसका लक्षणहरु र यसबाट जोगिन मुटु रोगीहरुले अपनाउनुपर्ने सचेतताबारे डा भट्टराईको भिडिओ:
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि