इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्यामनारायण चौधरीको दाबेदारी
काठमाडौँ, फागुन २६–
इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन भोलि (शुक्रबार) हुँदै छ । देशैभर एक साथ हुन लागेको निर्वाचनमा मत खसाल्ने योग्य मतदाताको संख्या २१ हजार ६८० छ ।
यही निर्वाचनमा होमिएका छन् युवा इन्जिनियर श्यामनारायण चौधरी । सप्तरी निवासी चौधरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले बनाएको संयुक्त प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । एकीकृत प्रगतिशील इन्जिनियर नाम दिइएको उक्त समूह डा.हरिराम पराजुलीको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । सो प्यानलबाट उपाध्यक्षमा न्हसला तुलाधार, महासचिवमा डा. शंकर ढकाल, उपमहासचिवमा डा. समित थापा र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका छन् ।
चौधरी अहिले मतदाता माझ मत माग्नमा व्यस्त छन् । उनले खोप कलेजबाट सिभिल इन्जिनियरमा स्नातक गरेका छन् भने पुल्चोक इन्जिनियरिङ कलेजबाट उर्बान प्लानिङमा स्नात्तकोत्तर पुरा गरेका छन् । गोल्डेन इन्जिनियरिङ कल्सलटेन्सी कार्यकारी निर्देशक रहेका चौधरी सहरी योजना अन्तरगतका प्रोजेक्टहरुमा एक्सपर्ट र कन्सलट्यान्टको रुपमा कार्यररत छन् ।
सत्ता गठबन्धनका माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), एकीकृत समावादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन) र जसपा निकट नेपाल इन्जिनियरिङ संघ बीच गठजोड भएको हो। यसपटकको महाधिवेशनमा पाँच समूहले प्रतिस्पर्धा गर्दैछ ।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४