अस्ट्रेलियाबाट कोभिड-१९ विरुद्ध फरोन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी आशिका चापागाई यस्तो सुझाब
आशिका चापागाई बिगत लामो समय देखी अस्ट्रेलियामा नर्सिङ्ग क्षेत्रमा काम गर्दै आएकी छन। एनआरएनएको नारी निकुञ्ज डेपुटी कोर्डिनेटर समेत रहेकी चापागाईले अहिले त्यहाँको सरकारी अस्पतालमा कोभिड क्लिनिकमा समेत काम गर्दै आएकी छन। उनीसँग अस्ट्रेलियाको अहिलेको अवस्था लगायतका बिषयमा गरिएको कुराकानी
अस्ट्रेलियाको अवस्था कस्तो छ ?
-अस्ट्रेलियन सरकारले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरूलाई बन्द गरेको छ। संक्रमण हुनेको संख्या पहिलेको तुलनामा घटेको देख्न सकिन्छ भने रिकभर हुनेको संख्या पनि बढ्दो क्रममा छ ।अप्रिल ५ तारिक दिउसो ३ बजे सम्मको डाटा हेर्ने हो भने ५६८७ कन्फर्म पोजेटिभ केश अस्ट्रेलियामा छन्। म बसी रहेको स्टेट साउथ अस्ट्रेलियामा ४०९ व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
तपाई आफै पनि त्यहाँको एउटा सरकारी अस्पतालमा कोभिड क्लिनिकमा काम गर्छु भन्नु भयो , कतिको जोखिमपूर्ण छ ?
– स्वास्थ्यकर्मी भए पछि मेरो धर्म भनेको बिरामीको उपचारमा हुन्छ त्यसैले जोखिमपूर्ण कति छ भन्नु भन्दा पनि यसमै मलाई आत्म संतुष्टि मिल्छ। साथै , हामीले बिरामीको उपचार गर्दै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्छौ र यहाँको नियमले तोकिएका पिपिई प्रयोग गरेर हाम्रा काम गर्ने गर्छौ।
नेपाली हस्पिटल र अस्ट्रेलियाको हस्पिटलमा काम गर्ने तरिकामा के फरक पाउनु हुन्छ ?
– नेपालको हस्पिटलमा मैले काम गरेकी छैन त्यसैले त्यहाँ कसरी हुन्छ भन्ने बिषयमा त्यसै टिप्पडी गर्न म चाहादिन। तर पनि एउटा कुरा के हो भने यस्तो बेलामा स्वास्थ्यकर्मीको हौसला बढाउन आवश्यक छ त्यो गर्ने जिम्मेवारी भनेको स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी संयन्त्रले हो। नेपालमा बल्ल स्वास्थ्यकर्मीलाई आवश्यक पीपीई जुटाउने क्रममा छौ भन्ने सुन्दा दु:ख लाग्छ। यहाँ कर्पोरेट क्षेत्रले समेत स्वास्थ्यकर्मीलाई हौसला दिन आफ्ना प्रडक्टहरुमा डिस्काउंट दिने, स्वास्थ्यकर्मीलाई सहजताको लागी ग्रोसरी सपिङ्ग गर्न सजिलो होस् भनेर केहि घण्टा उनिहरुलाई मात्र प्राथमिकतामा राखिएको छ। यी कुराहरु सामान्य हुन् तर यसले हाम्रो मनोबल बढ्नुको साथै कर्तब्यबोध गराउछ। काम गर्ने तरिकामा धेरै फरक हुन्छ जस्तो मलाई लाग्दैन फरक त्यहि हो यहाँ प्रयाप्त श्रोत साधन र प्रबिधि छ। यो श्रोत साधन र प्रबिधि भयो भने नेपालको स्वास्थ्यकर्मीले यहाँको जस्तै रिजल्ट दिन सक्नु हुन्छ जस्तो मलाई लाग्छ।
संक्रमणलाई फैलन नदिन त्यहाँ के कस्तो प्रयासहरु भएका छन् ?
– संक्रमणलाई फैलन नदिन मुख्य कुरा भनेको भाईरसको चेन ब्रेक गर्नु हो त्यसको लागी महत्वपूर्ण कुरा भनेको सोसल डीसटेन्स हो ( सामाजिक दुरी) र अर्को भनेको कोरोना भाइरसको संक्रमण बाट पोजेटिभ देखिएका ब्यक्तिसँग सम्पर्कमा भएको छ भने उक्त ब्यक्ति आईसोलेसनमा बस्नु पर्छ। सामाजिक दुरी कायाम नगर्ने , ग्रुपमा हिड्ने र आईसोलेसनमा बस्नु पर्ने व्यक्तिले यदि नियम मिचेमा कारवाही समेत यहाँको सरकारले गर्दै आएको छ। यस बारेमा यहाँको सरकारले नागरिकहरुमा सूचना प्रवाह गरेको छ , सुसुचित गर्ने काम गरेको छ। साथै , अहिले सम्म अस्ट्रेलियामा करिब २ लाख ९७ हजार व्यक्तिहरुलाई टेस्ट गरिएको छ।
तपाई एनआरएनएको साउथ अस्ट्रेलियाको नारी निकुञ्ज डेपुटी कोर्डिनेटर पनि हुनुहुन्छ त्यहाँको नेपालीको अवस्था कस्तो छ ?
– कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा यसले एउटा समुदाय वा देशलाई मात्र प्रभाब परेको छैन। सम्पूर्ण विश्व नै यस संक्रमणसँग लडीरहेको छ। स्वास्थ्य संकट त छदैछ यसले आर्थिक रुपमा समेत हाम्रो जनजिबनमा प्रभाब पारेको छ। धेरै ब्यक्तिहरुले आफ्नो काम , व्यवसाय गर्न पाउनु भएको छैन जसले गर्दा प्रतक्ष्य रुपमा आय श्रोतमा असर गरेको छ। मुख्य गरि जसको आर्थिक बचत थिएन उहाहरु लागी केहि कठिनाई अवस्था छ। बिशेष गरि नवआगन्तुकहरु र बिद्यार्थीहरुलाई जसको बचत कम हुन्छ उहाहरुलाई केहि गार्हो अवस्था छ। यसको दुरगामी असर यहाँको सबै व्यक्ति र क्षेत्रलाई नै छ।
तपाई सम्बद्ध एनआरएनए साउथ अस्ट्रेलियाले के गरेको छ ?
– सामाजिक दुरी कायम गर्नु पर्ने र आफैलाई पनि संक्रमणले छुने हो कि भन्ने एक किसिमको भय हामी सबैमा छ त्यस बीचमा पनि एनआरएनए साउथ अस्ट्रेलियाले स्टेट डेपुटी संयोजक तथा हेल्प डेस्क संयोजक सन्तोषी गौतमको संयोजन्मा समुदायको कुनै पनि नेपालीलाई यस अवस्थामा भोकै बस्न नपरोस भनेर हामीले फुड प्याकेजहरु सहयोग गर्दै आएका छौ। आईसोलेसनमा बस्नेहरुलाई हामीले घर मै डेलीभरि गरेका छौ। यो साउथ अस्ट्रेलियामा मात्र नभएर अस्ट्रेलियाको हरेक राज्य समितिहरुले यसमा काम गर्नु भएको छ। अहिले सम्म हाम्रो सम्पर्कमा आउनु भएका करिब ३१ बिधार्थीहरुलाई हामीले सहयोग गरेका छौ भने आगामी दिनमा समेत यसलाई निरन्तरता दिनेछौ। साथै , यदि कुनै बिधार्थीलाई कोभिड -१९ को प्रभाबले आफ्नो अध्ययनसँग कुनै पनि जिज्ञासा छन् भने नि:शुक्ल रुपमा क्वालिफाईड एजुकेसन काउन्सिलर बाट नि:शुक्ल परामर्श लिन सकिने ब्यबस्था समेत एनआरएनए साउथ अस्ट्रेलियाले गराएको छ।
र अन्त्यमा केहि सुझाबहरु छन ?
-भाइरस आफै तपाईसँग आउदैन , हाम्रो असाबधानीले गर्दा हामी संक्रमित हुन सक्छौ त्यसैले सामाजिक दुरी कायम गरौ। हामी सम्पूर्ण सचेत बनौ , सकारात्मक सोच राखौ साथै आफूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राखौ। आधिकारीक सूचनाहरु मात्र सम्प्रेषण गरौ।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि