प्रदेश २ः आठै जिल्लामा शंकास्पद कोरोना संक्रमितको स्वाब संकलन सुरु
प्रदेश-२ का आठ जिल्लामा रहेका शंकास्पद कोरोना संक्रमितको स्वाब संकलन गर्न विज्ञहरूको आठ टोली परिचालन गरिएको छ।
मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), नेपाली सेना र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन्। प्रदेश-२ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली स्वाब संकलन खटिएको बताए।
शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेका शंकास्पद संक्रमितको स्वाब संकलन सुरु गरिएको छ। स्वाब संकलन गरी कोरोना परीक्षणका लागि काठमाडौंको टेकैस्थित राष्ट्रिय प्रयोगशाला पठाइने सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए।
स्वाब संकलनको कार्य धनुषा, महोत्तरी, सप्तरीसहित प्रदेश २ का आठै जिल्लामा भइरहेको छ। प्रदेश २ मा करिब १५ सय शंकास्पद कोरोना संक्रमितको स्वाब संकलन गर्ने लक्ष्य रहेको सचिव घिमिरेले जानकारी दिए। उनका अनुसार प्रदेश २ का ५ जनामा कोरोना संक्रमित पुष्टि भइसकेकाले परीक्षणमा तीव्रता दिइएको छ।
प्रदेश २ मा कोरोना परीक्षण गर्ने हाल दुईवटा मेसिन आइपुगेको छ। एउटा पिसिआर मेसिन जनकपुरस्थित प्रादेशिक अस्पतालमा जडान भइसकेको छ। तर, सर्लाहीका एक संक्रमित किशोरको परीक्षणको रिपोर्ट गलत दिएपछि मेसिन शुक्रबार नै बन्द गरियो।
अर्को पिसिआर मेसिन वीरगन्जस्थित नारायणी अस्पतालमा अलपत्र परेको छ। मेसिन जडानसमेत हुन सकेका छैन। जडान तथा परीक्षण गर्ने थप समान अभावका कारण मेसिन थन्केको नारायणी अस्पताल स्रोतले जनाएको छ। source: nepalnews
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४