सप्तरीको कल्याणपुरमा मोटरसाइकल दुर्घटनामा आमा छाेराकाे मृत्यु
राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४