add post
  • Terai Nepal
  • २०७७ असार १० गते, बुधबार २१:१२ मा प्रकाशित

सप्तरीमा ९९ जना कोरोनालाई जितेर घर फर्किए

राजविराज । सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरुबाट आएका कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये हालसम्म ९९ जना निको भएर घर फर्केका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाका अनुसार बुधबार ३ महिलासहित १५ जना कोरोनालाई जितेर निको भएका छन् ।

यता १ सय ११ जना संक्रमितको स्थानिय साईकृष्ण अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् ।