सौर्य सिंचाइ योजना प्रणाली प्रभावकारी
पर्सा , पंचगावाँ, ५ असार । सखुवाप्रसौनी गाउँपालिका–१ सथवलमा सौर्य सिंचाइ योजना प्रणाली प्रभावकारी देखिएको छ।
सौर्य सिंचाइ योजना प्रणाली कार्यक्रम काठमाडौंले सखुवाप्रसौनी–१ सथवलकी धनपतियादेवी थरुनीलाई १३ सय वाटको चारवटा सोलार प्यानल अनुदान सहयोगमा उपलब्ध गराएको थियो। अहिले सो सौर्य सिंचाइ योजनाबाट थरुनीले आफ्नो खेतमा सिंचाइ गर्नुका साथै अन्य किसानहरूको खेतमा पनि सिंचाइ गरेर मनग्य आम्दानी गर्दै छिन्।
थरुनीले दैनिक ५ जना किसानको खेतमा सौर्य सिंचाइ योजनाबाट सिंचाइ गर्दै आएको र त्यसबाट दैनिक २ हजार रुपैयाँ आम्दानी भइरहेको बताइन्। उनले आकाशे सिंचाइको भरमा परेका किसानहरूलाई सौर्य सिंचाइ योजना लाभदायक भएको बताइन्। प्रतिघण्टा रु २ सय भाडामा उनले सौर्य सिंचाइ सुविधा किसानहरूलाई उपलब्ध गराउँदै आएकी छन्। आफ्नो खेतमा यही प्रणालीबाट सिंचाइ गरेको र फुर्सदमा अन्य किसानहरूको पनि सामान्य खर्च लिई सेवा पु–याउँदै आएको उनले बताइन्।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि