सडक मर्मतमा ध्यान नदिएको भन्दै सडकमै धान रोपेर बिरोध
राजविराज, ९ असार । डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ का आक्रोशित युवाहरुले उक्त सडकमै धान रोपेर बिरोध जनाएका छन् ।
तोपा गाउँस्थित राजविराज हनुमाननगर सडक खण्डमा मंगलबार उनीहरुले रोपाइँ गरेका हुन् ।
जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती दिने गरेको भएपनि मर्मत सम्भारमा कुनै चासो नदिएपछि बाध्य भएर रोपाइँ गर्नु परेको स्थानीय युवाहरुको भनाई छ । सोही वडा निवासी युवा कौशल यादवले भने,सडक भएर पनि कामलायक छैन जनताले सास्ती खेप्नु परिरहेको छ ।
यस्तोमा धान नरोपेर के गर्नू ? यसै गरी अर्का युवक करण यादवले डेढ वर्षदेखि लथालिंग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा कैयौं पटक दुर्घटना समेत भईसकेको बताए । उनले आफूहरुले रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको भन्दै आक्रोश व्यक्त गरे । सडकमा रोपाइँ गरेपछि सप्तरीको सदरमुकाम राजविराजदेखि पूर्वतर्फको आवागमन समेत प्रभावित बनेको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४