कनिकाको पाँचौं रिपोर्ट पनि कोभिड-१९ पोजेटिभ
बलिउड पार्श्व गायिक कनिका कपुर यतिबेला कोरोनासँग लडिरहेकी छिन् । कोरोना संक्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भइरहेको छ ।
लखनउमा रहँदा नै कोरोना संक्रमित बनेकी कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ नै देखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्ने गर्छन् । कुनैपनि संक्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटिभ देखिएमा उसलाई थप परीक्षण गराउने गरिँदैन । तर, कनिकाको भने पाँचौ पटक पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।
तर, सामाजिक सञ्जालमा चर्चा भए जस्तै उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनुपर्ने कुनै कारण नभएको चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उनले खानेकुरा पनि खाइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
कनिकाले केही दिन अगाडि मात्र इन्स्टाग्राममा आफूले परिवारलाई निकै नै मिस गरेको र चाँडै नै घर जान चाहेको उल्लेख गरेकी थिइन् ।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
६ महिना अगाडि -
बारामा मतगणना सुरु
८ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
८ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि