add post
  • Terai Nepal
  • २०७७ बैशाख ६ गते, शनिबार १०:०२ मा प्रकाशित

जनकपुरमा दुई महिलाहको कर्तुत : बाटोमा शंकास्पद नोट छरी भाग्दै , प्रहरीले थाल्यो खोजी

जनकपुरधाम : विश्वभर कोरोनाको त्रास फैलिएको बेला आज धनुषामा अनौठो घटना घटेको छ ।

आज दिउँसो जनकपुर उप-महानगरपालिका-६ महावीर चोकमा अपरिचित (मुस्लिम महिला जस्तै भेष भएको) महिलाले रु १० को नोट  बाटोमा छरी भागेकी छन् ।

नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षका २ जना महिलाले महावीर चोकमा रु १० को १२/१५ वटा जति नोट बाटोमा छरी भागेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलाउन उक्त नोट बाटोमा छरिएकाे अनुमान गरिएको छ ।

छरिएको शंकास्पद नोट परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । नोट छर्ने महिलाको खाेजी कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै नोट छर्किएको एरियालाई सेनिटाईजसमेत गरिएको छ ।

तस्वीरमा देखिएको हुलिया भएका महिलाहरु कहिकतै फेला परेमा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराउन प्रहरीले अनुरोधसमेत गरेको छ ।