add post
  • Terai Nepal
  • २०७७ असार १० गते, बुधबार १३:३९ मा प्रकाशित

चेली बेच्नेलाई २० वर्ष जेल

बर्दिया, असार १० । बर्दियाका दुई महिलालाई भारतको बनारस लगेर बेचेका एक व्यक्तिलाई जिल्ला अदालत बर्दियाले बीस वर्ष जेल सजाय तोकेको छ ।

सिरहाको मिर्चैया नगरपालिका–१० का ३६ वर्षीय सञ्जितकुमार महतोलाई २० वर्ष जेलसहित २ लाख जरिवाना तिराउन जिल्ला अदालतका न्यायाधीश शंकर बरालको इजलासले आदेश दिएको हो । त्यस्तै पीडितलाई जनही एक–एक लाख क्षतिपूर्ति उपलब्ध गराउन फैसलामा उल्लेख छ ।

दुई वर्षअघि महतोले ती महिलालाई ललाई–फकाई बनारस लगेर लटकनियादाईका युवराज सिंहलाई ९० हजारमा बेचेका थिए ।

source: ekantipur

तराईसबै