add post
  • तराई नेपाल
  • २०७७ बैशाख १० गते, बुधबार १४:१३ मा प्रकाशित

लकडाउमा चोरी गर्ने पक्राउ

कैलाली । लकडाउनको मौका छोपेर दुई पसलबाट चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका वर्ष २० का केशव चौधरीलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनले चैत्र २० गते कैलारी गा.पा. ८ को पृथ्वीपुर मोहना वजारस्थित रुभान फेन्सी पसलवाट लुगा ,कपडा, नगद ,चेक ,पासवुक, गरी जम्मा ५३ हजार ७५० र कविर एण्ड राज ट्रेडर्स वाट मोवाईल ,राउटर गरि ४९१५० रुपैया वरावरको सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । अनुसन्धानमा खटिएको प्रहरी टोलीले अनुसन्धान चोरीएका सवै सामानसहित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरीम हिलामाथि गालीगलौज तथा कुटपिट गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ५१ बर्षिय नन्द किशोर कलौनी  र उनका २४ वर्षिय छोरा जगदिशलाई पक्राउ गरेको हो ।

उनीहरुले मादक पदार्थ सेवन गरी स्थानीय तीन महिलालाई गाली गलौजसंगै कुटपिट गरेको प्रहरीले जनाएको छ ।Source:Ratopati

 

तराईसबै