कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग तीन अर्ब ऋण सम्झौता
कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ।
कोभिड १९ आपतकालिन,माहामारी,पूर्वतयारी तथा नियन्त्रणका लागि उक्त ऋण दिनका लागि विश्वबैंकको बोर्डले स्विकृत गरिसकेको छ।
यो रकम नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्ने छ।
२ करोड ९० अमेरिकी डलरको यो ऋण सम्बन्धि सम्झौतामा आजै हस्ताक्षर गर्ने तयारी भइरहेको छ। अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आजै सम्झौताको तयारी भइरहेको जानकारी दिए।
ऋण सम्झौता गर्नका लागि १६ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरी अर्थमन्त्रालयलाई अधिकार दिइसकेको छ।
विश्वबैंकले यो ऋण ३८ वर्षका लागि दिन लागेको हो। यसको किस्ता ६ वर्षपछि सुरु हुने छ।
त्यस्तै नेपाल सरकारले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि ऋण लिने तयारी गरिरहेको छ। बजेट साहयता अन्तर्गत आउने प्रक्रियामा रहेको एडिबीको ७ अर्ब ३३ करोड ऋण रहेको छ।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ९ करोड ऋण लिने तयारी गरिरहेको छ। यसका लागि अर्थमन्त्रालयले निर्णय गरेर सम्झौता प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकमा पत्राचार गरिसकेको छ।
सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ।
राजश्व धेरै उठ्ने गाडीको आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४