सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ र प्रदेश सभा क्षेत्र न.४`क´ का स्वतन्त्र उमेदवारहरुलाई क्यामरा र चिम (बल्ब) चिन्ह प्रदान
असोज २७ गते सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ बाट स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरीलाई क्यामेरा चिन्ह प्रदान भएको छ साथै प्रदेश सभा क्षेत्र न.४ `क´ का स्वतन्त्र उमेदवार अरबिन्द्र चौधरीलाई चिम (बल्ब) चिन्ह प्रदान भएको छ।
पछिल्लो समय राजनीतिक दलहरु देश विकासमा भन्दा पनि सत्ता स्वार्थ केन्द्रित राजनीतिमा मात्रै व्यस्त छन् । जनताको समस्या समाधानमा उनीहरुको कुनै ध्यान पुगेको देखिदैन । देशमा विकासको परिवर्तन ल्याउन अब युवाशक्ति अघि बढ्नुपर्ने सरोकारवालाहरुको ठम्म्याइ छ ।
यसै सन्दर्भमा आउँदो मंसिर ४ गते हुन लागेको संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको समेत माहोल बढेको बेलामा सप्तरीको क्षेत्र नं.४ बाट प्रतिनिधि सदस्यमा सुरेस कुमार चौधरी र प्रदेश सभा सदस्यको लागि अरबिन्द चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विगत लामो समयदेखि स्थानीयस्तरको विकास निर्माण, सामाजिक कार्यहरुमा सक्रिय चौधरीले अब जनताको प्रतिनिधि भएर आफ्नो ठाउँको विकास गर्ने उद्देश्यले निर्वाचनमा होमिएको बताउछन् । आफुहरुलाई अमुल्य मत दिई सप्तरी क्षेत्र नं.४ प्रतिनिधि सदस्य र सप्तरी क्षेत्र न-४ (क) बाट प्रदेश सभामा विकासका लागि जनताको सेवकको रुपमा खटाउनुहुनेछ भन्ने आशा राख्दै यी दुई नेता चौधरीले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार दिएका छ्न।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४