add post
  • Terai Nepal
  • २०७९ बैशाख २९ गते, बिहीबार १२:५२ मा प्रकाशित

पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

 

जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी मतदातालाई रकम बाँडेको आरोपमा पक्राउ परेका छन् । आज बिहान उनलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई सीतासरणको कोठा नम्बर–३०५ बाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

तराईसबै