add post
  • तराई नेपाल
  • २०७८ मंसिर १६ गते, बिहीबार २०:३३ मा प्रकाशित

इन्जिनियरहरुको चुनावमा एक मात्र थारु उम्मेदवारी इ. श्याम नारायण चौधरीको कोषाध्यक्षमा उम्मेदवारी

१६ मंसिर, काठमाडौँ ।

यही मंसिर २४ गते हुन लागेको नेपाल इन्जिनियर्स एसोसियसन (नेइए) निर्वाचनको केन्द्रीय कार्यकारिणी समितितर्फ पनि गठबन्धन बन्न सुरु भएको छ । इन्जिनियरका ३ वटा संगठनले संयुक्त रुपमा ‘प्रगतिशिल इन्जिनियर समूह’ बनाएर अध्यक्षमा ई. डा. हरिराम पराजुलीलाई उठाएका छन् । उक्त गठबन्धनको केन्द्रिय कार्यकारी समितिको महासचिवमा ई. डा. शंकर ढकालको उम्मेदवारी घोषणा भएको छ । गठ्बन्धनको तर्फबाट कोषाध्यक्षमा भने एक मात्र थारु उम्मेदवार इ. श्याम नारायण चौधरिले उम्मेदवारी घोषणा भएको छ । चौधरीले यश अघि नेपाल इन्जिनियर एसोसिएनको प्रदेश न २ को कोषाध्यक्ष पदमा एक कार्यकाल पूरा गरिसक्नु भएको छ । नेपाल राष्ट्रिय इन्जिनियर संगठन, समाजबादी इन्जिनियर एसोसिएसन नेपाल र नेपाल इन्जिनियरिङ समाजको संयुक्त गठबन्धन घोषणा भएको हो । यसअघि यही समूह मिलेर प्रदेश २ मा समेत गठबन्धन बनिसकेको छ ।

तराईसबै