add post
  • तराई नेपाल
  • २०७८ बैशाख ३ गते, शुक्रबार १०:५१ मा प्रकाशित

सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ।

शम्भुनाथ नगरपालिका वडा नम्बर ३ शम्भुनाथ मन्दिर जाने गेट अगाडि बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्सका चालक सिरहाको सुखिपुरका करिब ४५ वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

शुक्रबार बिहान करिब साढे ३ बजे पूर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो।

एम्बुलेन्सलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार भएका छन्। फरार भएका चालकको खोजी भइरहेकाे सप्तरी प्रहरीले जनाएको छ।