add post
  • Terai Nepal
  • २०७७ श्रावण २७ गते, मंगलवार १८:१८ मा प्रकाशित

सडकमा खटिने रौतहटेली सुरक्षाकर्मीको स्वाव टेष्टको माग

रौतहट,२७ श्रावण । कोरोना महामारीमा अग्रपंतीमा खटिने रौतहटका सुरक्षाकर्मीको पिसिआर परिक्षणमा सम्बन्धीत निकायले चासो नदिएको गुनासो बढदै जान थालेको छ ।

सधै अग्रपंतीमा रहेर कोरोनाको कहरमा रातदिन खटने रौतहटका तल्लो दर्जाका सुरक्षाकर्मीले आफुहरुको पिसिआर परिक्षण भएमा आफुहरुले ढुक्कले काम गर्ने बताउदै आएकाछन् ।

सम्बन्धीत निकायले रात दिन बिषेधाज्ञा वा लकडाउनको समयमा अग्रपंतीमा रहेर काम गर्ने सुरक्षाकर्मीको स्वास्थ्यका बिषयमा रौतहटका स्थानीय तहले समेत ध्यानदिनुपर्नेमा उनीहरुले जोड दिदै आएकाछन् ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै