add post
  • Terai Nepal
  • २०७७ श्रावण १६ गते, शुक्रबार १५:३८ मा प्रकाशित

विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिका भदौ १ गते सम्मलाई लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन घोषणासँगै भदौ १ गतेसम्म व्यापार व्यवसायसहित सम्पूर्ण रुपमा बजार बन्द रहने छ । अत्यावश्यक सेवादेखि बाहेक अन्य सबै व्पापार तथा व्यवसाय बन्द गरिने मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
अत्यावश्यक वस्तुको आवातजावतमा समेत प्रोटोकल लागु गरिने छ । समय व्यवस्थापन गरेर मात्रै आउजाउ हुनेछ ।

Registration Open for Mr. & Miss Tharu 2020