add post
  • Terai Nepal
  • २०७७ श्रावण ९ गते, शुक्रबार १४:०७ मा प्रकाशित

सानो पाइला सामाजिक संस्थाद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन

शारदानगर, ९ साउन । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ स्थित राहिनो पार्टी प्यालेसमा क्षेत्रिय रगत संकलन केन्द्र नेपाल रेडक्रस सोसाइटी, भरतपुर चितवन को सहकार्यमा सानो पाइला सामाजिक संस्था शारदानगरले विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सुरक्षित रगतले बचाउँछ जीवन भन्ने नाराका साथ सञ्चालित उक्त रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी शाखाका मन्त्री हरिप्रसाद पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले मानव जीवनको लागि रक्तदान मुल्यवान कार्य भएको बताउनु भयो ।उहाँले पश्चिम चितवनको शारदानगर समाज सेवा गर्ने भावना भएकाहरु उद्गमथलो रहेको कुरा बताउनु हुदै, कोरोनाको कहरकका बिच रक्तदान कार्यक्रम आयोजना गरेर सानो पाइलाले समाज सेवाको उदारणिय कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा वडा नं १९ का अध्यक्ष कर्ण बहादुर गुरुङले औषधी उपचारको लागि भारतबाट पनि चितवन आउने गरेकोले रक्तदान कार्यक्रमले बिरामीहरुले रगतको समस्या नपर्ने बताउनु भयो । उहाँले सानो पाइला संस्थाले आगामी समाजका हर क्षेत्रमा जिम्मेवारी का साथ सकारात्मक सोच अगाडि बढ्नका प्रेरणा थप्नुहुदै आफुले पनि सस्थालाई सहयोग गर्ने भनाइ राख्नुभया ।

पोखरा फाइनान्स लिमिटेड शारदानगर शाखा, कामना विकास बैंक लिमिटेड शारदानगर शाखा, सिद्धेश्वर क्लिनिक प्रा.लि. शारदानगर र राइनो ल्याण्ड पार्टी प्यालेस लगायतका विभिन्न स्थानिय सामाजिक संघ,संस्था सहयोगले कार्यक्रम सम्पन्न गर्र्न सहज भएको कार्यक्रम संयोजक, एवं सानो पाइलाका अध्यक्ष उज्ज्वल बस्ताकोटी बताउनु भयो । उहााल्े ले अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने र युवाहरुको नेतृत्व विकास, सामाजिक विकास, समाजमा विद्यमान रहेका समस्याहरुको समधान गर्ने मूल उद्देश्य सहित सस्था स्थापना भएको सो अवसरमा बताउनु भयो ।

उक्त कार्यक्रमलाई सानो पाइला सामाजिक संस्थाकी सदस्य देवी महत क्षेत्रीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा संविधानसभा सदस्य बिष्णुमाया परियार, समाजसेवी तोपमान सिङ गुरुङ,नेपाल रेडक्रस सोसाइटी केन्द्रीय प्रशिक्षक चिज कुमार आलेमगर, समाजसेवी भक्तबहादुर गुरुङ लगायत विभिन्न संघसस्थाका प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।