नेपाललाई विश्व ब्याङ्कको रु. १२ अर्ब ऋण सहयोग
विश्व ब्याङ्कले नेपाललाई करीब रु. १२ अर्ब (१०० मिलियन डलर) ऋण सहयोग दिने भएको छ। ब्याङ्कको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालको विद्युत् प्रणालीमा सुधार र कोरोनाभाइरस महामारीपछिको पुनर्स्थापनाका लागि यो ऋण स्वीकृत गरेको हो।
नेपालको विद्युत् क्षेत्रको सुधार संकटका वेलामा मात्र नभई संकटपछिको पुनर्स्थापनामा पनि महत्वपूर्ण हुने भएकाले यो सहयोग गर्न लागेको विश्व ब्याङ्कले जनाएको छ। पछिल्ला वर्षहरुमा नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति उल्लेखनीय भएको पनि ब्याङ्कले जनाएको छ।
यो सहयोगले नेपालको लगानी प्राथमिकता तथा विश्वसनीय, पहुँचयोेग्य र दिगो विद्युत् प्रणालीको सुनिश्चित गर्न तथा यस मार्फत गरीबी न्यूनीकरण र साझा समृद्धि हासिल गर्न सहयोग पुग्ने ब्याङ्कले जनाएको छ
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि