add post
  • तराई नेपाल
  • २०७७ जेष्ठ ११ गते, आईतवार १९:३० मा प्रकाशित

राजाको तस्वीर भएको नोट नचलाउन निर्देशन

अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।

ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन भने सक्नेछन् । बैंकमा आएका त्यस्ता नोटहरु बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर ती नोटहरु बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । Source: Onlinekhabar

Registration Open for Mr. & Miss Tharu 2020
सम्बन्धित समाचार शीर्षकहर
तराईसबै