‘देशमा रोजगारी पाएको भए परदेशमा कोरोनासँग एक्लै लड्न पर्दैन थियो
ज्ञानप्रसाद बराल/हाल, कतार ।
मैले आफ्नो कथा लेख्दै गर्दा रातिको १२ बजेर ३० मिनेट गएको छ । तर पनि निद्रा लागेको छैन । यो कठिन समयमा परदेशको ओछ्यानमा पल्टिएर सम्झिरहेछु आफ्नै देश ।
म हिमालय एयरलाइन्समार्फत कतारको हमाद इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो । परिवार चलाउनका लागि यो परदेशी भूमीमा आएको थिएँ ।
नेपालमा हुँदा खुबै सुनिएको थियो कोरोनाको बारेमा । तर खासै फरक परेन । तर विदेश आएको दिनदेखि मेरो मन मस्तिष्कमा जति बेला पनि कोरोनाकै कुरा खेल्ने गर्छ ।
काममा जाँदा आउँदा मात्रै सीमित रहेन ड्युटीको समयमा स्क्रिनमा देखिएका समाचारले साह्रै बिचलित बनाउँछ । झन फुर्सद भयो भने त कुनै नगरौं । घण्टा घण्टाको फरकमा योग गर्ने गरेको छु ।
तर पनि समाचार र सामाजिक सञ्जालका अनेकौं पोस्टहरुले मन गाँठो पर्छ । यो बेलामा म कसैलाई सहयोग गर्न सक्दिनँ र अरुले पनि मलाइ सहयोग गर्न सक्दैनन् । अहिलेको अवस्थामा विश्व नै त्रसित छ ।
हाम्रो त के कुरा ? हामी नेपाल फर्केर आउन सक्ने सहज अवस्था पनि छैन । यो अवस्थामा पनि परिवारबाट टाढा छु । दिमाग खाली छ । केही सोच्न सकिने अवस्था नै छैन । बाहिर निस्कन पाइँदैन ।
खाना र बस्नको लागि कम्पनीले दिए पनि रात दिन बिताउन गाह्रो छ । आखिर आफ्नो देश भनेको आफ्नो नै हो भन्ने लाग्छ । नेपालको बिग्रिएको राजनैतिक यात्राले हामी जस्तो कयौं पुस्ताले यो अरबको खाडीमा जिन्दगी बिताउन पर्ने भो । सम्झँदा पनि रीस उठेर आउँछ । हाम्रो देशमा रोजगारी सिर्जना गर्ने दिगो उपायको अत्यन्त जरुरी छ ।
देशमै रोजगारी पाएको भए आज यो दुःखको घडीमा परदेशमा एक्लै हुन पर्दैन थियो । म मात्र हैन, अहिले लाखौं नेपालीहरु संसारका विभिन्न देशमा यो कठिन परिस्थितीको सामना गरिरहनुभएको छ । म अहिलेसम्म ठिक छु । घरमा पनि सबैलाई म सुरक्षित र सञ्चै छु भन्न चाहान्छु । सबैलाई सुरक्षित रहन आग्रह पनि गर्छु ।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
११ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४