add post
  • तराई नेपाल
  • २०७७ बैशाख १८ गते, बिहीबार २२:३४ मा प्रकाशित

ऋषि कपुर अन्तिम संस्कार मात्र २४ जना मलामी थिए

बलिउडका रोमान्टिक नायक ऋषि कपुरको अन्तिम संस्कार सम्पन्न भएको छ । आज मुम्बईमा उनको अन्तिम संस्कार गरिएको हो ।

अन्तिम संस्कारमा पण्डितसहित मात्र २४ जना मलामी थिए । जसमा उनकै परिवारका सदस्यहरु बढी थिए । कोरोना भाइरसको रोकथामका लागि भारतमा लकडाउन गरिएकाले उनको अन्तिम संस्कार निकै सामान्य भएको थियो । बलिउड नायक रणवीर कपुरले पिता ऋषि कपुरको अन्तिम संस्कारको कर्म गरेका थिए ।

ऋषि कपुरको अन्तिम संस्कारमा कपुर परिवारका पुरै सदस्य समेत उपस्थित हुन पाएनन् । भारतका लोकप्रीय कलाकारहरु समेत सहभागी भएनन् । उनलाई सामाजिक सञ्जालमार्फत् अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । श्रद्धाञ्जली दिन अमिताप बच्चन, आलिसा भट्ट, धर्मेन्द्र, करिना कपुर, सैफली खानलगायत घरमै पुगेका थिए ।

६७ वर्षको उमेरमा ऋषि कपुरको आज विहान मुम्बईको अस्पतालमा निधन भएको थियो । उनी दुई वर्ष देखि बोनम्यारोको क्यान्सर संक्रमित थिए ।

Registration Open for Mr. & Miss Tharu 2020