add post
  • तराई नेपाल
  • २०७७ बैशाख १७ गते, बुधबार १५:३७ मा प्रकाशित

नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले  झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजनाको घोषणा गरेको हो ।

प्रतियोगितामा नेपालको कुनै पनि ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरू अनलाइनबाट पठाउन सकिने बैंर्डले जनाएको छ । उत्कृष्ट पाँच सहभागीलाई जनही दश हजार नगद पुरस्कार दिइने बोर्डले जनाएको छ ।

प्रतियोगिता सहभागी हुन आगामी जेष्ठ १८ गतेसम्म फोटोहरू पठाइसक्नुपर्नेछ । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुना काप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवर्धन गर्ने बताए ।थप जानकारीको लागि यहाँ किल्क गर्नु ।

 

Registration Open for Mr. & Miss Tharu 2020